फण्डाले मात्र चलचित्र चल्छ र जयकिशन ज्यु ?

२२ चैत २०८० ५:५६

नायक जयकिशन बस्नेतले आफु अभिनित चलचित्र नचले चलचित्र क्षेत्रबाटै सन्यास लिने बताएका छन्। उनले बुधवार राजधानिमा आयोजित पत्रकार समेलनमा आफुले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘बद्री बहादुर’ नचले अब कहिले कलाकारिता नगर्ने बताएका हुन्।

आफ्नो राम्रो कामको कारण भन्दा पनि मिडियामा आएर जे पायो त्यही बोलेर चर्चामा आउने उनको बानी छ। अहिले पनि यो चलचित्र चलाऊनलाई उनले यो फण्डा अपनाएका हुन् भन्दा फरक नपर्ला। मिडियाबाजी गर्न सिपालु रहेका उनले फण्डाको नयाँ तरिका अपनाउदै भने,’यो चलचित्रबाट आफूलाई ठूलो अपेक्षा रहेको बताउँदै कथमकदाचित असफल भए कलाकारिताबाट नै सन्यास लिन्छु।’

उनले अगाडि भने- ‘जबसम्म म घाटामा जान्नँ तबसम्म चलचित्र बनाइराख्छु भनेकै थिए । ‘धूम ४’बाट पहिलोपटक घाटा लाग्यो । त्यसपछि मैले चलचित्र बनाएको छैन, ‘आज म के घोषणा गर्छु भने यदि ‘बद्री बहादुर’ चलेन भने कलाकारिताबाट सन्यास लिन्छु । म रिलिजको दुई दिनसम्म हेर्छु । त्यो दुई दिन चलेन भने म सन्यास लिन्छु ।’

चैत २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने यो चलचित्रलाई निर्देशक शोभित बस्नेतले निर्देशन गरेका हुन्। कमेडी जनरामा निर्माण गरिएको यो चलचित्रमा जयकिशनको भूमिका पनि कमेडी नै छ। उनी भन्छन्, मलाई दर्शकले रुचाएकै भूमिकामा चलचित्रमा अभिनय गरेको हो। ‘मलाई दर्शकले कमेडी भूमिकामा बढी रुचाउनुहुन्छ । यसमा पनि मेरो त्यस्तै भूमिका छ ।

मिडियाबाजी गरेजस्तो छैन चलचित्र चलाऊनलाई यती कुरा उनलाई याद रहोस्। यदी मिडियामा आएर मुख चलाएर फण्डा गरेकै भरमा चलचित्र चल्ने र दर्शकले पत्याउने भए आज कोही निर्माता टाउकोमा हात लाएर रुन पर्दैन थियो होला ?

त्यसैले , मिडियाबाजी गर्न छोडेर राम्रो काम गर्नुस् कन्टेन्ट बलियो बनाउनुस् तपाईंले यसरी फण्डा मचाइरहनु पर्दैन् है जयकिशन ज्यु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *