दया र आँचलको ‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक

२२ चैत २०८० ५:०१

चैत ३० गते प्रदर्शन तयारीमा रहेको चलचित्र ‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको छ भने यो गीतको भिडियोमा दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन्।

निर्देशक रामबाबु गुरुङ निर्देशित यो चलचित्रले शैक्षिक बेरोजगारीको कथा प्रस्तुत गर्छ । मुख्य पात्रको भूमिकामा अभिनेता राई फिचर्ड छन् । यसअघि उनकै निर्देशनमा मंचन भएको सोही नामको नाटकमा निर्माण गरिएको यो चलचित्रको संवादहरु अहिले निकै चर्चामा पनि छन्।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको यो चलचित्रको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ छन् ।

यो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको छ भने प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *