मध्यराती पक्राउ परेका गायक राई रिहा

२२ चैत २०८० ४:२५

मापसे गरी होहल्ला गरेको आरोपमा गएराती पराउ परेका गायक राजेशपायल राईसहित तीन कलाकार रिहा भएका छ। आज बिहान उनिहरुलाई प्रहरीले रिहा गरेका हुन्। उनिहरुलाई काठमाडौँको थापागाउँबाट गएराती प्रहरीले पक्राउ गरेको थियो।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। अहिले राइसहित तीन जनालाई प्रहरी आ-आफ्नो घर पठाएको छ।

यसअगाडी पनि गायक राईले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गरेको स्थानीयले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *