चलचित्र ‘पुजार सार्की’को छायांकन सके लगतै नायक प्रदीप खड्का अमेरिका पुगेका छन् । विगत केही दिनदेखि अमेरिकामा रहदै आएका उनी निर्देशक जीवन थापाको साथमा अमेरिका पुगेका हुन् ।
बुझिएअनुसार नायक प्रदीप चलचित्र ‘ऐरी’को लागि अमेरिका पुगेका हुन् । तर, चलचित्र ‘ऐरी’का निर्माणपक्षले यो विषयमा केही पनि बोलेको छैन । चलचित्र ‘ऐरी’का नायक र निर्देशक नै अमेरिका पुगेकाले उनीहरू यही चलचित्रको तयारीका लागि अमेरिका पुगेको सजिलै अनुमान लगाउन सकिन्छ।
अहिले अमेरिकाको मेरी ल्याण्ड राज्यको रियो शहरमा पुगेका प्रदीपलाई अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीहरुले न्यानो स्वागत गरे । उनलाई निर्माता कृष्ण कोइराला, छायांकार पवन गौतम, व्यवसायी प्रकाश श्रेष्ठ, दिनेश वन र सुसान तिवारी लगायतले स्वागत गरेका हुन् ।