मीरा: पुरुष र महिला दुबैमा आकर्षिक हुने महिलाको कथा – ट्रेलर

२० चैत २०८० १४:५३

अनिता पण्डितको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार युटुबमार्फत सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथालाई प्रस्तुत गरिएको छ।

आगामी वर्ष रिलिज गरिने यो चलचित्रको प्रदर्शन मिती घोषणा नहुँदै ट्रेलर सार्वजनिक गरिएको हो। निर्देशक अनिताका अनुसार यो चलचित्रको केही दिनमा लक्षित दर्शकहरुलाई विशेष प्रदर्शनीमार्फत् चलचित्र देखाउने उदेश्यले ट्रेलर सार्वजनिक गरिएको हो। यो चलचित्रको समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरुको वकालत गर्ने मेन उद्देश्य रहेको निर्देशक पण्डित बताउछिन्।

बच्चामा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने आमाको सङ्घर्षपूर्ण कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रलाई आश्वि फिल्मस्ले निर्माण रहेको हो। चलचित्रले अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रुपमा पुरुष र महिला दुबैमा आकर्षिक हुने एक महिलाको कथा भनेको छ ।

यो चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल–कलाकार आश्वि घिमिरे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *