आइसफल प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्रको ट्रेलर अन्य चलचित्रको भन्दा अली फरक छ । सार्वजनिक चलचित्रको ट्रेलर निर्माणले दर्शकलाई चलचित्रप्रती उत्सुक्ता पक्कै बनाउनेछ। रेडियोमा एक श्रोताले फोन गरेर सुनाएको अनौठो घटनालाई जोडेर चलचित्रको ट्रेलर निर्माण गरिएको हो।
यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, समन अल्भिटिगलाको सम्पादन, उत्सव वुढाथोकीको संगीत, रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापाको लगानी रहेको छ।
छ ।
फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।