नेपालसङै अमेरिका र अष्ट्रेलियामा ‘डिग्री माइला’ रिलिज

२० चैत २०८० १०:२३

चैत्र ३० गतेबाट रिलिज हुने चलचित्र ‘डिग्री माइला’ नेपालसङै अमेरिका र अष्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुने भएको छ। यो चलचित्रको संवाद र ट्रेलरका कारण अहिले निकै चर्चामा रहेको छ भने विश्व बजारमा पनि एकसाथ प्रदर्शन हुन लागेको हो।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रलाई सेभेन सिज इन्टरटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार, अष्ट्रेलीयाका प्रमुख शहरहरु सिड्नी, ब्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेलवर्न, पर्थ तथा लउनसेस्टनमा चलचित्र चैत्र ३० गतेबाट रिलिज गर्न लागिएको हो । यसैगरी, अमेरिकाका ४० भन्दा बढी शहरमा रिलिज गर्न लागिएको छ ।

विश्व बजारमा एकसाथ चलचित्र रिलिज नगर्दा समस्या पर्ने गरेको छ । जसकाकारण, ओभरसिजमा आक्रामक व्यापार गर्ने देशमा वितरकहरूले नेपालसँगै रिलिज गर्न थालेका हुन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले डिग्री पास गरेर पनि बेरोजगार रहेको एक युवाको कथा भन्छ । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता क्रिस लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ र राइली एस शिनको छायांकन छ ।

यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *