सर्वनाम नाटक घरले ४३ औं वर्षगाँठमा वरिष्ठ अभिनेता हरिहर शर्मालाई पुरस्कार प्रदान गरिने भएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा अभिनेता शर्मा २०८० सालको ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।
नाटक घर संचालक तथा रंगकर्मी अशेष मल्लले सो पुरस्कारको घोषणा गर्दै अभिनेता शर्मालाई बधाई दिदैँ रामगीता वाङ्मय मन्दिरले स्थापना गरेको यो पुरस्कारको राशी ५० हजार नगदसहित ताम्रपत्र प्रदान गर्न लागिएको जनाएका हुन्।
त्यसै, ‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमल लिखित कथा–संग्रह ‘सरबरिया टोल’लाई प्रदान गरिने भएको छ । एक समारोहको बीच यी पुरस्कार प्रदान गरिने जनाइएको छ ।
उनले लेखेका छन्, ‘राज्यबाट पूर्णतः उपेक्षित भएर पनि नेपाली रङ्गकर्म वर्तमान कालमा उर्वरको अवस्थामा छ । यसलाई प्रोत्साहन दिनका लागि अमेरिकामा रहेर पनि नेपाली रङ्गकर्मको विकास हुनुपर्छ भन्ने सोच र चिन्तनलाई कार्य रूपमा परिणत गर्दै आफ्नै निजी पैसा लगाएर यो पुरस्कारको स्थापना भएको छ । हामीलाई लाग्दछ, यो पुरस्कार सम्पूर्ण नेपाली रङ्गकर्मीहरूको हो।’