जितु नेपाल ‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै

१९ चैत २०८० १४:४१

निर्देशक बसन्त निरौलाको निर्देशन रहने चलचित्र ‘ज्वाइँ साब’को केन्द्रीय भूमिकामा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो ।

सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा निर्माण गरिने यो चलचित्रमा उनले ज्वाइँको भूमिकामा निर्वाह गर्नेछन् । अर्थात् यो चलचित्र नै उनीमाथि केन्द्रित हुने निर्माणपक्षले जनाएको छ।

आगामी वर्ष (२०८१)को तिहारमा प्रदर्शन गरिने यो चलचित्रलाई रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्य गरेर निर्माण गर्न लागेको हो। यो चलचित्रमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा रहेका छन्।

सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन रहेको यो चलचित्रको आगामी बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने तयारी भइरहेको छ । यो चलचित्रको कार्यकारी निर्माता विजय बस्याल हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *