सुनिलदेखि कवितासम्म जोडीएको प्रदीपको ‘एक्लो’ कस्तो होला ?

१९ चैत २०८० ५:४४

प्रदीप शाहीको निर्देशन रहने चलचित्र ‘एक्लो’मा सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीको प्रवेश भएको छ । यो संगै, अब यो चलचित्रमा कलाकारको लाइनअप पुरा भएको निर्देशक शाही बताउछन् । चलचित्रमा अभिनेत्री दीया पुनको पनि विशेष भूमिकामा रहने छ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने यो चलचित्रका लागि अभिनेता विजय लामा अघिल्लो साता नै फाइनल भइसकेका छन् । यो चक्लचित्र कविता नेपालीको पहिलो डेब्यू चलचित्र हुनेछ । उनले यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी हुन्।

विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता रहेको यो चलचित्रमा निर्देशक शाही स्वयंको लेखन छ । शाई प्रोडक्सन नेपालको निर्माणमा बन्न लागेको चलचित्र सँग ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । यो चलचित्रमा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले बताए । यसअघि उनले दुई फिचर चलचित्र ‘अन्तिम संस्कार’ र ‘गोर्खा स् बिनिथ द ब्रेभरी’सहित केही सर्ट फिल्मको निर्देशन गरेका छन् ।

चलचित्रमा नायक प्रदीप खड्का र नायिका बेनिशा हमालका अलावा कलाकारहरू सुनिल थापा, विजय लामा, राज उप्रेती तथा कविता नेपाली लगायतका कलाकारको अभिनय रहनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *