झापाबाट ‘डम्बरे’को छायांकन सुरु

१९ चैत २०८० ५:२२

चलचित्र ‘डम्बरे’को छायांकन सुरु भएको छ। निर्देशक उदय सुब्बाको निर्देशन रहने यो चलचित्रको छायांकन शनिबारदेखि झापाबाट सुरु गरिएको हो।

गुपचुप रूपमा छायांकन सुरु गरिएको यो चलचित्रको निर्माण पुरा भएपछि मात्र हल्ला गर्ने निर्देशक सुब्बाले बताए । यो चलचित्रको छायांकन सेडुल एक महिनाको रहेको निर्माणपक्षले जनाएको छ । यो चलचित्रको शीर्ष भूमिकामा अर्जुन गुरुङ प्रस्तुत हुनेछन्।

एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको चलचित्रको झापा र इलामका विभिन्न स्थानमा छायांकन गरिनेछ।

इन्द्र लिम्बुको निर्माण रहेको यो चलचित्रले युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्याको कथा पेश गर्नेछ। चलचित्रमा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बालगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *