‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर सार्वजनिक

१९ चैत २०८० ५:०४

अनिता पण्डितको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर सार्वजनिक गरिएको छ । आईतवार सार्वजनिक गरिएको यो पोस्टरमा चलचित्रका सबै कलाकार फिचर्ड छन्।

आश्वि फिल्मस्को निर्माण रहेको यो चलचित्रले एक बच्चामा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथा भन्नेछ। चलचित्रले अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रुपमा पुरुष र महिला दुबैमा आकर्षिक हुने एक महिलाको कथा भनेको छ ।

यो चलचित्रको समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरुको वकालत गर्ने मेन उद्देश्य रहेको निर्देशक पण्डित बताउछन्।

यो चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल–कलाकार आश्वि घिमिरे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *