‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ – भिडियो

१८ चैत २०८० १४:४४

आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’को गीत सार्वजनिक गरिएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले यो चलचित्रको पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक गरेको हो । सार्वजनिक यो गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको रहेको छ।

सुरज सुनवारको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नविन मानन्धर र सुरज सुनवारको लगानी, अनमोल गुरुङको संगीत, डायमण्ड उप्रेती कार्यकारी निर्माता र मित्र डी गुरुङको सम्पादन छ ।

यो चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुष्कर गुरुङ, मनिष राउत, पवन लिम्बु, प्रकेश भुजेल, प्रेम सुब्बा, सुजता राई, दीप चन्द्र राई लगायतको अभिनय छ । यही चलचित्रबाट नायिका नीति शाहले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् भने शिर्ष भूमिकामा कलाकार रेअर राई देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *