‘बद्री बहादुर’को ‘मेरो जिवनको’ गीत सार्वजनिक

१८ चैत २०८० १०:५३

आगामी शुक्रबार अर्थात् चैत २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको यो चलचित्रको सार्वजनिक गीतमा मुख्ख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । उजन नेम्बाङको स्वर, शब्द र संगीत समावेश यो गीत रमाइलो छ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे यो चलचित्रको निर्मातामा छन् ।

टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँको सम्पादन रहेको यो चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ। काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको यो चलचित्रको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन् ।

यो चलचित्रमा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । चलचित्रको पुलिस दाई बोलको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *