‘दान्भी’ पूजाको एक्सन अवतार

१८ चैत २०८० ७:४७

नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को अहिले काठमाडौंमा छायांकन भइरहेको छ। गीत र एक्सनको दृश्यको छायांकन भइरहेको बेला चलचित्रको सेटबाट नायिका पूजाका एक्सन अवतारका केही तस्विरहरु बाहिरिएको हो।

आगामी जेठको १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा हाल पूजाको इन्ट्री दृश्यको छायांकन हाल निर्माणपक्षले जनाएको छ। इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको यो चलचित्रको शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो ।

एक्सनप्रधान जनरामा निर्माण गरिएको यो चलचित्रको टिजर सार्वजनिक भएसँगै पूजाको एक्सनको चर्चा भइरहेको छ । चलचित्रको एक्सनसँगै कथावस्तु पनि उत्कृष्ट बनेकाले दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा पूजाको साथमा नायक कुन्साङ बोमजम, किरण श्रेष्ठ लगायतको मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *