‘डिग्री माइला’को ‘गफाडी’ प्रतियोगितामा सहभागिता हुने हैन त ?

१८ चैत २०८० ७:३०

आगामी ३० गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘डिग्री माइला’को गफाडी प्रतियोगिता घोषणा गरिएको छ । चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा निर्माण युनिटले यो प्रतियोगिता घोषणा गरेको हो।

दयाहाङ राइको मुख्य भूमिका रहेको यो चलचित्र प्रोमोसनका लागि डिग्री माइलाको पात्र बनेर डाइलग प्रतिस्पर्धा गरे उपहार जित्न सकिने अफर ल्याएको हो । इच्छुक दर्शकले डाइलग बोलेर भिडियो बनाइ प्रतिस्पर्धामा भाग लिएर उपहार जित्न सक्नेछ । त्यसको लागि डिग्री माइलाको पात्र बनि आफ्नै गफ दिँदै अधिकतम ३ मिनेट सम्मको भिडि‌यो बनाउनुपर्नेछ । उक्त भिडि‌यो बनाएर दर्शकले ‘डिग्रीमाइला’को ह्यास्ट्याग राखी यो चलचित्रको रिलिज मिति र टाइटल राखी [email protected]मा पठाउनु पर्नेछ ।

साथै , बाँसुरी फिल्मसलाई ट्याग पनि गर्नुपर्नेछ र युट्युव च्यानल पनि सस्क्राइब गर्नुपर्नेछ । उक्त भिडियो २७ गतेसम्म पठाइसक्नु पर्नेछ भने सो भिडि‌‌यो बनाएका विजेताले ‌हाेनरकाे मोबाइल उपहार पाउने छ्न् । साथै दोस्रो र तेस्रो बनेका दर्शकलाई पनि मोबाइल नै उपहार दिने छन् ।

रामबाबु गुरुङ निर्देशित चलचित्र बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ।

चलचित्रमा दया र आँचलसहित, ऋचा शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *