दया र मिरुनाको ‘घरज्वाइँ’ लुक्स

१८ चैत २०८० ४:२५

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका दुई शीर्ष पात्र दयाहाङ र मिरुनालाई विशुद्ध ग्रामीण परिवेश, भेषभुषा, आञ्चलिकता र मुडमा देख्न सकिन्छ ।

अनिल बुढा मगरको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्र कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् ।

सुसन प्रजापतिको छायाङ्कन,हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ । नेपालको वितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् ।

असार २८ गते प्रदर्शन हुने चलचित्र मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने निर्देशक अनिल बुढामगरले जानकारी दिए । पूर्वी रुकुमको लगुम, तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने यो चलचित्रलाई जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने छ।

यो चलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ,भोला सापकोटा, राज थापा काउचा, कविता आले,शिला आले,अनु थापा,बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर