अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को लुक्स सार्वजनिक

१७ चैत २०८० २:२१

चलचित्र ‘फर्की फर्की’ दर्शकका लागि प्रतिक्षित छ । आउँदो बर्षको जेठ १० गते बिहिबारबाट रिलिजमा आउन लागेको यो चलचित्रलाई लिएर यसको निर्माणपक्ष पनि उत्साहित छ । यसैबिच, यसको निर्माणपक्षले नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको छ ।

सुयोग गुरुङको कथा, पटकथा तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहित अधिकारी र ओम प्रकाश अग्रवालले निर्माण गरेका हुन् । आज परेको नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको फस्टलुक केही फरक छ । पोष्टरमा नायक अनमोल केसीलाई मात्र स्थान दिइएको छ । अनमोलको यो अवतारले चलचित्रको बारेमा केही भन्न खोजेको देखिन्छ ।

यो चलिचत्रमा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा रवि न्यौपाने, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

यो चलचित्रमा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

चलचित्रलाई लिएर नायक अनमोल केसी निकै उत्साहित छन् । चलचित्रकोे कथावस्तु आफूले यसअघि काम गरेका चलचित्रको भन्दा फरक रहेको भन्दै अनमोलले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *