आउँदो वर्षको मंसिर १४ गते ‘इश्वर’ रिलिज पक्का

१६ चैत २०८० ६:४३

चलचित्र ‘इश्वर’को पोस्टर सँगइ रिलिज मिती सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गर्दै आउँदो २०८१ सालको मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा फिचर्ड छन् । ध्रुवबाहेक अन्यको अनुहारमा त्रासको भाव देखाइएको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

राजु गिरीको निर्देशन रहेको यो चलचित्रको सम्पूर्ण छायाङ्कन, पोखरा, हेम्जाकोट गरेको छ । चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *