‘लण्डन टु पेरिस’को दोस्रो प्रेमिल पोस्टर रिलिज

१६ चैत २०८० ४:४४

चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको सार्वजनिक दोस्रो पोस्टरमा चलचित्रका मुख्य चार पात्र फिचर्ड छन् । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा प्रस्तुत छन्।

घनश्याम लामिछाने निर्देशित यो चलचित्रको यसअघि सार्वजनिक रोमान्टिक पोस्टरलाई सकारात्मक प्रतिक्रिया मिलेपछि निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको हो ।

ट्राभल लभस्टोरीको कथामा निर्माण गरिएको यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशक फिरोज खड्का रहेको चलचित्रमा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछन् ।

आगामी जेठ २५ गते रिलिज हुने यो चलचित्रमा साम्राज्ञी, निश्चल, कविर र गरिमामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चलर गरिमाले यही सिनेमाबाट डेब्यू गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *