दोश्रो हप्तामा ‘महाजात्रा’- पहिलो हप्तामा ६ करोड २४ लाख कलेक्सन

१६ चैत २०८० ४:२४

गतशुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ दोश्रो हप्तामा प्रवेश गरेको छ। यो चलचित्रले पहिलो हप्ता निकै उत्साहजनक व्यापार गरेर आजबाट हप्तामा प्रवेश गरेको हो। चलचित्रले पहिलो हप्तामा ६ करोड २४ लाखको ब्यापार गरेको निर्देशक प्रदीप बताउछन्।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्रले प्रदर्शनको पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन १ करोड ८३ लाख र तेस्रो दिन १ करोड २० लाखको ग्रस कलेक्शन गरेको थियो । ३ दिनमा चलचित्रको ग्रस कलेक्शन ४ करोड २६ लाख पुगेको थियो । यसपछिका बाँकी दिनमा यो फिल्मले १ करोड ९८ लाखको ग्रस कलेक्शन गरेसङै एक हप्तासम्म आइपुग्दा चलचित्रले ६ करोड २४ लाखको ग्रस कलेक्शन गरेको हो।

यो चलचित्रका लगानिकर्ता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । यो चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *