अशोक दर्जीको ‘नशालु आँखा’

१५ चैत २०८० १४:०८

गायक अशोक दर्जीले पहिलो पटक गीतमा शब्द र संगीत भरेका छन् । उनले ‘नशालु आँखा’ बोलको गीतमा स्वरसँगै शब्द र संगीत दिएका हुन् । उनले यसअघि थुप्रै गीतमा स्वर मात्र दिँदै आएका थिए । टंक बुढाथोकीले एरेन्ज गरेको गीतमा अशोकको एकल आवाज छ ।

सार्वजनिक ‘नशालु आँखा’ गीतको भिडियोमा अशोक आफै फिचर्ड छन् । उनको साथमा रुस्तम राज रोका, सहिस्मा खड्काको अभिनय रहेको छ । भिडियोमा डिओपी, निर्देशन र सम्पादन नितिन चन्दले गरेका हुन् ।

झापा घर भएका अशोलाई काठमाडौं आइसकेपछि गायक तथा संगीतकार टंक बुढाथोकीले गीत गाउने अवसर दिएका थिए । अहिलेपनि टंकले अशोकलाई काठमाडौंमा राखेर अभिभावकत्व दिइरहेका छन् । अशोकको परिवार झापामै रहेका छन् । अशोक काठमाडौंको तिनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलमा पढिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *