‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि चर्चित सेलिब्रेटी एउटै र्‍याम्पमा

१५ चैत २०८० १३:५८

आगामी शुक्रबार अर्थात चैत्र १६ (मार्च २९)गते होटल याक एण्ड यतिमा आयोजना हुने १३औं ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्‍याम्पमा शो टपरको रुपमा बिभिन्न आकर्षक पहिरन सहित प्रस्तुत हुन लागेका हुन् ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’मा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तराष्ट्रिय मोडलको समेत सहभागीता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रस्तुत गर्नेछन् ।

अन्तराष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीकोको समेत सहभागिता रहने शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ बिद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ । ‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *