बरिष्ठ लोक गायक, संकलक तथा सर्जक लाल बहादुर खाती एवं वरिष्ठ लोक गायिका तीर्थकुमारी थापाद्वारा स्वरबद्ध कालजयी नेपाली लोक गीत ‘ढुँगे बगर माया ढुँगे बगर…’ रिमेक गरिएको छ ।
करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ ख्याति कमाउन सफल भएको थियो। हालसम्म पनि यो गीत उत्तिकै लोकप्रिय, सदाबहार र कालजयी रहेको छ ।
यसका सर्जक, वरिष्ठ लोक गायक तथा संकलक स्वर्गीय लाल बहादुर खाती प्रति समर्पित गर्दै यसमा स्वर दिएकी उनै वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाको स्वरमा गीत रिमेक गरिएको हो।
रिमेक भर्सनमा गायिका तीर्थ कुमारी थापालाइ युगल गायनमा गायक सुरज कुमार थापाको स्वर तथा पुनः संगीत संयोजनमा रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा श्रव्य दृश्यको छायाँकन गरिएको छ।
शम्भु कुमार तण्डुकारको रेकर्डिङ तथा मिक्सिङ, किरण कँडेलको मास्टरिङ गीतको भिडियोमा निश्चल श्रेष्ठको छायाँकन, महेश्वर श्रेष्ठको डीओपी ,र बिजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ। भिडियोलाई तुलसी भक्त कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो।