वैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

१४ चैत २०८० ७:३७

आगामी बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को आयोजना हुने भएको छ। बुधवार रामेछापको मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराइयो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर चलचित्र, लघु चलचित्र, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ ।

रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुन लागेको महोत्सवमा २ दर्जनभन्दा बढी चलचित्र प्रदर्शन गरिने छ । नेपाली चलचित्र पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सव अवधिभर ३ हजारभन्दा बढी स्थानीय दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

रामेछाप जिल्लामा एउटा पनि सिनेमा हल छैन । त्यहाँका स्थानीयहरुले सिन्धुली झरेर चलचित्र हेर्ने गरेका छन् । त्यसको दूरी करिब ५० किलोमिटर छ । चलचित्रप्रती रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली चलचित्रको प्रचार-प्रसारमा ठूलो मद्दत पुग्ने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *