जेठ १० र ११ गते ‘दान्भी’, ‘फर्की फर्की’ र ‘पुजार सार्की’को महाभिडन्त

१४ चैत २०८० ५:३०

आगामी जेठ १० गते यी दुई ठुला चलचित्र ‘दान्भी’ र ‘फर्की फर्की’को महाभिडन्त हुने पक्का भएको छ। यो सँगै निर्देशक दिनेश राउतको ‘पुजार सार्की’पनी ११ गते यी दुई चलचित्र सँग भिडन्त गर्न आउँदैछन्।

निर्देश दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी गरिएको छ । केही दिन अगाडि मात्र छायांकन सकिएको यो चलचित्रको अहिले पोस्ट प्रोडक्शन चलिरहेको छ । श्रोतका अनुसार जेठ ११ गते रिलिज डेट तोक्ने तयारीसँगै यसको काम पनि तीव्र गतिमा अगाडि बढाइएको छ।

निर्देशक राउतले जेठको ११ गते शुक्रबार रिलिज गर्ने तयारी गरिरहँदा जेठको १० गते अनमोल केसीको ‘फर्की फर्की’ र पूजा शर्माको ‘दान्भी’ रिलिज गर्ने घोषणा यसका मेकरले यसअघि नै गरिसकेका छन् ।

यसरी अकअर्कासँग भिडन्त गर्दा यसको प्रतक्ष असर निर्मातालाई पक्कै पनि गर्छ। तर, निर्देशक राउतले आफू निकट चलचित्रकर्मीसँग आफ्नो तरिकाले चलचित्र रिलिज गर्न लागेको र कसैसँग जुध्न नआएको बताइरहेका छन् । उनी भन्छन्,’म मेरो तरीकाले चलचित्र रिलिज गर्छु। कसैसँग जुध्न आएको होइन्।

यसरी हेर्दा चलचित्र ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी र ‘पुजार सार्की’का निर्देशक दिनेश राउतको इगोको लडाइले दुई ठूला र प्रतीक्षित चलचित्र एउटै मितिमा आउन लागेको हो भने अर्कोतिर अनमोल केसी र पूजाको इगोको कारण पूजा शर्माले ‘दान्भी’ चलचित्र सोही मितिमा रिलिजको घोषणा गरेकी हुन्।

यसरी, एक अर्कासँगको इगोको लडाइमा जेठ १० र ११ गते तीन ठुला चलचित्र प्रदर्शनमा आउँदैँछन् । जसले गर्दा नेपाली सिङ्गो नेपाली चलचित्र क्षेत्रलाई घाटा हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *