प्रदर्शनरत ‘महाजात्रा’को गीत ‘मुरी मुरी साथी’ रिलिज

१३ चैत २०८० १०:४९

षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा समावेश दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत चलचित्रको सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ ।

उनीहरू बीच श्रङ्खलाबद्ध रुपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

‘गीतमा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरेका छौँ’, निर्देशक भट्टराईले भने । गीतमा शब्द हर्क साउद, सङगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ । यसलाई छायांकन निर्देशक पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

मनोरञ्जनसँगै राष्ट्रिय विषयलाई समेटिएको यो चलचित्रले पहिलो तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको छ ।

यो चलचित्रको विषयवस्तु तीन पात्रकै वरिपरि घुमेको छ । आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङघर्ष कथा चलचित्रले भन्छ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *