‘वर एण्ड बधु’को छायांकन सुरु – दोस्रो सेड्यूलको लागि विवेकले बनाए ज्यान

१३ चैत २०८० ७:२१

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ। ५० प्रतिशत छायांकन रोमानियामा भएपछि यो चलचित्रको सम्पूर्ण काममा ब्रेक लागेको थियो। अब भने निर्माण टिमले यो चलचित्रको बाँकी रहेको छायांकन पूरा गर्ने तयारीमा जुटेको छ।

चैत्रको तेस्रो साताबाट छायांकन सुरु गरिने यो चलचित्रको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको निर्देशक मिलन चाम्सले बताएका छन्। रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो चलचित्रमा बधुको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् । त्यस्तै वरको भूमिकामा नव–नायक विवेक कर्मचार्यले अभिनय गरिरहेका छन् ।

यो चलचित्रमा अबको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्मचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्विरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए ।

सुदिप बरालको छायांकन रहेको चलचित्रमा डाक्टर अमित रिजाल कार्यकारी निर्माताका रुपमा छन्। चलचित्रले विवाहको संस्कृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *