प्रदीपको ‘एक्लो’मा जोडिए विजय लामा

१३ चैत २०८० ६:११

निर्देशक प्रदीप शाहीको लेखन तथा निर्देशन रहने चलचित्र ‘एक्लो’मा विजय लामा अनुबन्धित भएका छन् । सोमबार निर्देशक शाहीले विमान चालक समेत रहेका लामासँग कागजी सम्झौता गरेका हुन् । यसअघि उनीहरुले ‘अन्तिम संस्कार’मा पनि सहकार्य गरेका थिए ।

निर्देशक शाहीले यसअगाडी नायक प्रदीप खड्का र नायिका बेनिशा हमाललाई यो चलचित्रमा अनुवन्धित गराइसकेका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रलाई शाइ प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य गर्नेछ।

आगामी साउनपछि छायांकन सुरु गरिने यो चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहने बताए।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *