‘रुखानमा’का लागि फाइनल आर्यन – सुहाउला नीतिसँग जोडी ?

१३ चैत २०८० ५:३६

निर्देशक सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रुखान’मा नायक आर्यन अधिकारीको इन्ट्री भएको छ। चलचित्रको मुख्य नायकको रुपमा निर्माण टिमले मंगलबार आर्यनलाई फाइनल गरेको हो। उनले अब नायिका नीति शाहसँग जोडी बाध्ने छन्।

निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ । त्यस्तै, चलचित्रको पर्दामा पहिलो पटक आर्यन र नीतिको जोडी देखिदैछन्।

नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी ४ वटा भाषामा निर्माण गरिने यो चलचित्रमा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको चलचित्रको कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

सिंगो देशको नागरिकहरुले विभिन्न समस्याबाट जुध्दै गर्ने संघर्ष गर्ने मुख्यतया महिला संघर्षको कथामा निर्माण गरिने यो चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्र निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *