गृहमन्त्री लामिछानेले हेरे ‘महाजात्रा’ – ३ दिनमा ४ करोड २६ लाख कलेक्सन

१२ चैत २०८० १४:२०

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘महाजात्रा’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हेरेका छन्। आइतबार बेलुकी लाबिम मलमा रहेको क्यूएफएक्स हलमा यो चलचित्र हेरेपछि मन्त्री लामिछानेले आफू यो सिरिजको फ्यान भएको बताएका हुन् ।

गृहमन्त्री लामिछनेले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिँदै भने, -‘मैले फुर्सदको समय सदुपयोग गर्दै यो चलचित्र हेर्न हलसम्म आएको हुँ । नेपाली चलचित्रलाई हलमै आएर हेर्नुपर्छ । मलाई यो श्रृङ्खलाका अघिल्ला २ चलचित्र पनि मन परेको थियो ।’ उनले चलचित्र हेरेपछि झनै उर्जा थपिएको प्रतिक्रिया दिदै चलचित्र निकै उत्कृष्ट बनेको बताए।

चलचित्र प्रदर्शन भएको ३ दिनमा यो चलचित्रले ४ करोड २६ लाखको ग्रस कलेक्सन गरेको लेखक कथा निर्देशक प्रदीप भट्टराईले बताएका छन्। चलचित्रले पहिलो दिन १ करोड २३ लाखको ग्रस कलेक्सन गरेको थियो भने दोश्रो दिन १ करोड ८३ लाखको कलेक्सन गरेको थियो । रिलिजको तेस्रो दिनसम्म आइपुग्दा चलचित्रले १ करोड २० लाख ग्रस कलेक्शन गरेको हो।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन गरेको यो चलचित्रका लगानिकर्ता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । यो चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *