वैदेशिक रोजगारीको कथा ‘द रेड सुट्केस’ – टिजर

१२ चैत २०८० ११:४८

चैत ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘द रेड सुट्केस’को टिजर सार्वजनिक गरिएको छ। संसारका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पूरा गरेपछि यो चलचित्र नेपालमा प्रदर्शन गर्न लागिएको हो।

सोमबार सार्वजनिक गरिएको टिजरमा चलचित्रको मुख्य पात्र प्रवीण खतिवडा, सौगात मल्ल, सृष्टि श्रेष्ठ र विपिन कार्की प्रस्तुत छन्। छायांकन र ध्वनिको बेजोड संयोजन रहेको यो चलचित्रले एक पुरुष पात्रको वैदेशिक रोजगारीको सामाजिक असरको कथा भन्छ ।

‘हल्कारा’, ‘ऐना झ्यालको पुतली’, ‘गुराँस’जस्ता निकै रुचाइएका चलचित्रको निर्माण कम्पनी आइसफलले यो चलचित्रलाई थिएट्रिकल रिलिज गर्न लागेको हो । फिडेल देवकोटा निर्देशित यो चलचित्रले भेनिसमा मेन्सन अवार्ड जितेको थियो । स्वीट्जरल्याण्डको जुरिचमा यो पनि यो छनोट भयो । भेनिसले यसले तीन मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गर्‍यो ।

अन्तर्राष्ट्रिय म्यागजिन द युनिभर्सलले भेनिस रिभ्यु गर्दै यो चलचित्रलाई उत्कृष्ट भएको बताएको थियो । गहिरो मानवीय कथाको माध्यमबाट यसले महत्वपूर्ण प्रभाव छाड्ने उल्लेख गर्दै म्यागजिनले यसलाई कलात्मक ऐनाको रुपमा विश्लेषण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *