प्रेमी बिष्णुसँग लगनगाठो कस्ने तयारीमा एलिना चौहान

१२ चैत २०८० ११:२८

गायिका एलिना चौहानले प्रेमी बिष्णु सापकोटा सँग लगनगाठो कस्ने तयारी गरेकी छिन्। गायिका अलिनाले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन् । आफू अहिले बिहेको तयारीमा जुटेको उनी बताउछिन् ।

यतिबेला निम्तो बाँड्ने र बिहेको अन्य तयारीमा लागिरहेकी गायिका एलिना र विष्णुको केही समय अगाडि ब्रेकअपको हल्ला समेत चलेको थियो । तर, अहिले एकाएक बिहेको खबर बाहिरीएको छ। विष्णु लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् ।

गत बर्षको तीजमा गायिका एलिना अष्ट्रेलिया पुग्दा विष्णुसँग भेट भएको थियो । सोही समयमा उनीहरुबिच प्रेम सम्बन्ध सुरु भएको हो। गायिका एलिनाको स्थायी घर झापा हो । तर, गीत संगीतको शिलशिलामा उनी केही वर्षदेखी काठमाडौं बस्दै आएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *