भदौ २१ गते सुदर्शन थापाको ‘रावायण’

११ चैत २०८० १४:०३

निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने चलचित्र ‘रावायण’को रिलिज मिती घोषणा गरिएको छ। निर्माण टिमले आउँदो तीजमा चलचित्र रिलिज गर्ने घोषणा गरेको हो। आइतबार फागुपुर्णिमाको अवसर पारेर निर्माण युनिटले होलिको शुभकामना सहित चलचित्र भदौ २१ गते रिलिज हुने जानकारी दिएको छ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण गरिने यो चलचित्रको छायांकन चैतको तेश्रो साताबाट सुरु गरिने बुझिएको छ। यो चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको एक्सन रहनेछ ।

यो चलचित्रमा पूजासहित पल शाह, प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ।

यो चलचित्रमा निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा निर्माण रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *