गत शुक्रबारदेखी सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले शनिबार पनि ब्यापारमा छलाङ मारेको छ। यो चलचित्र रिलिज भएको पहिलो दिन नै १ करोड २३ लाख माथीको ग्रस कलेक्सन गरेको थियो भने दोश्रो दिन १ करोड ८३ लाखको ग्रस कलेक्शन गरेको हो।
आज र भोली होलीको सार्वजनिक बिदा भएको कारण अधिकांश हलमा २ बजेपछि मात्र शोज राखिएको छ । जसकाकारण, हिजोको तुलनामा आज र भोली यो चलचित्रको व्यापार केही गिरावट हुनेछ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ। यो चलचित्र नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । यो चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।