चैत्र १२ गते बिर्तामोडमा ‘बद्री बहादुर’को ‘टुबोर्ग होलि हङ्गामा’ – खेल्ने हैन त ?

१० चैत २०८० ७:२९

फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा झापाको बिर्तामोडमा चैत्र १२ गते ‘टुबोर्ग होलि हङ्गामा’ हुने भएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको आयोजनामा होली हङ्गामा कार्यक्रम हुने भएको हो।

कार्यक्रममा लामो समयदेखि फिल्म उद्योगमा योगदान पुर्याउने फिल्मकर्मीलाई सम्मान गरिने छ । नेपाली साँस्कृतिक पर्वको उत्थान र विकासमा समेत टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नायक सुबास मेचेले बताए । उनले कार्यक्रमस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न चैत्र २३ गते प्रदर्शनमा आउने यो चलचित्रको बिशेष सहयोग रहने बताइएको छ ।

बिर्तामोडस्थित पुरानो कृष्ण सिनेमा हलको प्राङ्गणमा हुने कार्यक्रममा चर्चित गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिने छिन् । त्यस्तै होलि हङ्गामा चलचित्र निर्देशक तथा कलाकार जयकिशन बस्नेत, शोभित बस्नेत, एक्सन अभिनेता सुबास मेचे र मोडल दिपा शाहीको प्रस्तुती रहने अध्यक्ष तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *