‘महाजात्रा’को बम्पर ओपनिङ – पहिलोदिनमै १ करोड २३ लाख ग्रस कलेक्सन

१० चैत २०८० ४:२२

कमेडी जनरामा निर्माण गरिएको चलचित्र ‘महाजात्रा’ले शुक्रबार बम्पर ओपनिङ गरेको छ । यो चलचित्र रिलिज भएको पहिलो दिन नै १ करोड २३ लाख माथीको ग्रस कलेक्सन गरेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका हुन्। रिलिज भएको पहिलो दिन नै चलचित्रले देशव्यापी रूपमा १ करोड २३ लाखको व्यापार गरेको हो।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको आज र भोलिसम्मका अनलाइन बूकिङहरु हेर्ने हो भने पनि लगभग हाउसफुल नै छन्। आज शनिबार र भोलि पनि सार्वजनिक बिदा भएकाले चलचित्रले बक्स अफिसमा तहल्का पिट्ने छ।

यो चलचित्र नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।

निर्देशक भट्टराईले दर्शकलाई धन्यवाद दिँदै यो सब हजुरहरुको मायाको कारणले हो भनेर खुशी व्यक्त गरेका छन्। त्यस्तै, चलचित्रका निर्माता म्याक्स दिपेश खत्री पनि दर्शकको यतिधेरै माया पाएर निकै दंङ छन्।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । यो चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *