आँचल र दयाको ‘डिग्री माइला’ ट्रेलर

९ चैत २०८० १०:२९

निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, आँचल शर्मा लगायतका कलाकारहरु प्रस्तुत छन्।

बाँसुरी फिल्म्सकाे ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो।

चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ। यस्तै, चलचित्रलाई शिवराम श्रेष्ठ तथा राइली एस सिनले खिचेका छन्।

चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, ऋचा शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।

चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। चलचित्र आगामी नयाँ वर्षमा रिलिज गर्ने निर्माणपक्षको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *