अनमोल केसी आउँदो बर्षमा व्यस्त हुने – लाइनअपमा छन् यतिधेरै चलचित्र

९ चैत २०८० ९:४८

नायक अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’को छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले जनाएको छ। छायांकन अन्तिम चरणमा पुगेसङै चैत्र १७ गते फस्टलुक सार्वजनिक गर्ने निर्माणपक्षले तयारी गरेको हो ।

आगामी जेठ महिनाको १० गतेबाट रिलिज गरिने यो चलचित्रलाई सूयोग गुरुङले निर्देशन गरेका हुन्। चलचित्रलाई प्रेमकथामा निर्माण गरिएको छ। त्यस्तै, यो चलचित्रको दुईओटा गीतको छायांकन गर्न बाँकी छ।

त्यस्तै उनको अर्को चलचित्र ‘जेरीः अन टप’ हो। यो चलचित्रलाई पनि निर्देशक सुयोग गुरुङले नै निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन अझै केही महिनापछि गर्ने निर्माण टिमले जनाएको छ। साथै, उनको होम प्रोडक्सनको अर्को चलचित्र हो ‘पारस’।

केहीसमय अगाडी नै छायांकन सुरु गर्नुपर्ने यो चलचित्रको अझैसम्म छायांकन सुरु गरिएको छैन। किनकी, यो चलचित्र निर्माण हुने भनेको केही बर्ष बितिसकेको छ । तर, अहिलेसम्म छायांकन सुरु गरिएको छैन । बुझिएअनुसार अनमोलले यो चलचित्रको छायांकन आउँदो वर्षको भदौबाट सुरुगर्नेछन्।

र उनको अर्को चलचित्र ‘ए मेरो हजुर ५’ हो। यो चलचित्रको लागि निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले अनमोललाई प्रस्ताव राखेका छन् । आउँदो बर्षको तिहारपछि छायांकन गरिने यो चलचित्र पनि आउँदो बर्षमा नै रिलिजमा आउने बुझिएको छ।

२०८१ सालमा नायक अनमोल केसीको हातमा ४ वटा चलचित्र देखिएको छ। यसरीहेर्दा आउँदो वर्ष उनले निकै दौडधुप गर्नुपर्ने देखिन्छ। उनको पछिल्लो चलचित्र ‘छड्के’ हो। जुन, एकवर्ष अगाडी प्रदर्शन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *