बलामीको निर्देशनमा ‘साम्राज्य’ निर्माणको घोषणा

९ चैत २०८० ९:०६

निर्देशक बाबु साहेब बलामीको निर्देशनमा नयाँ चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माणटिमले सो चलचित्रको घोषणा गरेको हो ।

नेपाली र हिन्दी भाषामा गरि दुई भाषामा रिलिज गरिने यो चलचित्रको छायांकन जेठको ५ गतेबाट सुरु गरिनेछ । एक्सन जनरामा निर्माण गरिने यो चलचित्रलाई अनुजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिनेछ भने चलचित्रमा हिरा बहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ ।

यो चलचित्रमा भोजपुरी चलचित्रका नायक कुन्दन भारद्वाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भूमिका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *