अनमोलले ‘बलिदान’ नखेलेपनी शुभकामा दिए !

९ चैत २०८० ८:०६

नायक अनमोल केसीले निर्माता तथा निर्देशक सन्तोष सेनको ‘बलिदान’लाई शुभकामना दिएका छन्। यो चलचित्रको लागि निर्माता सेनले मुख्य भूमिकामा नायक अनमोललाई पहिलो अफर गरेका थिए। तर, अनमोलले यो चलचित्र खेलेनन् । अहिले समीरलाई मुख्य भूमिकामा फाइनल गरेपछि भने अनमोलले शुभकामना दिएका हुन्।

उनले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै आसुसेन र यो चलचित्रसँग जोडीएका सम्पूर्ण टिमको नाम मेन्सन गर्दै शुभकामना सन्देश दिएका हुन्। साथै, केसीले नायक समीर भट्टलाई योग्य ठान्दै चलचित्र क्षेत्रमा स्वागत गरेका छन्।

जे होस् अनमोलले आफुले यो चलचित्रमा काम नगरेको भएपनी चलचित्रसँग जोडीएका मुख्य नायक समीर र सम्पूर्ण युनिटलाई शुभकामना भने दिन भ्याए। उनको पछिल्लो चलचित्र छड्के हो। जुन, एकवर्ष अगाडी प्रदर्शन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *