अभयको ‘अर्ध पागल’को फस्टलुक पोस्टर

९ चैत २०८० ५:५६

अभय राज बराल निर्देशित चलचित्र ‘अर्ध पागल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा यात्राको क्रममा उनीहरूबिच आ–आफ्नो प्रेमीकालाई लिएर भएको मानसिक र शारीरिक पिडालाई प्रस्ट देख्न सकिन्छ।

यो चलचित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने उद्देश्यले निर्माण गरिएको निर्माणपक्ष बताउँछ । समर्पण रेग्मीको छायाङ्कन रहेको यो चलचित्रका क्रियटिभ निर्देशक सौरभ ढकाल र सम्पादक कृष्ण भण्डारीको छ ।

दुई मिल्ने साथीको काठमाडौँदेखि लमजुङ घले गाउँसम्मको यात्राको विषयमा निर्माण गरिएको यो चलचित्रमा अभयराज बराल, प्रकाश भुजेल, ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, संगीता राई, दीक्षा ढकाल लगायतका कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *