हलमा ‘महाजात्रा’

९ चैत २०८० ४:०२

आज शुक्रबारबाट चलचित्र ‘महाजात्रा’ सार्वजनिक प्रदर्शनमा आएको छ। निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र विश्वभर एकसाथ प्रदर्शनमा आएको हो।

प्रिमियरमा चलचित्रकर्मी, संचारकर्मीलगायत अन्यबाट सकारात्मक प्रतिकृया पाएसङै चलचित्रको हाइप अझै बढेको हो। चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ।

देशभरका हलहरुमा उच्च शोज पाएको यो चलचित्रको ७ गते बुधवारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। जसकाकारण शुक्रबार र शनिबार चलचित्र आक्रमक हुने अपेक्षा गरिएको छ।

यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले २३४ शोज उपलब्ध गराएका छन् भने सिंगल हलहरुको समेत शोज हेर्दा यो चलचित्रले साढे २ सय भन्दा माथिको शोज पाएको देखिन्छ । विशेषगरि, यो चलचित्रलाई क्यूएफएक्स चेनले देशभर ६७ शोज उपलब्ध गराएको छ ।

यस्तै, वान सिनेमाजको नयाँ बाँनेश्वरको हलमा ९ शो, कालिमाटीको हलमा ७ शो, बिग मुभिजले ५ शोज, क्यूज सिनेमाजले ९ शो, बिएसआरले ६ शो, सिने डी सेफले ६ शो, एफक्यूबले ७ शो, विश्वज्योती सिनेमाजले ८ शो, रञ्जना सिनेप्लेक्सले ९ शो, सिने सिनेमाजले ७ शो, इन्फिनिटी मुभिजले ५ शो, आइएनआई अन्तर्गतको लोत्से मलमा ५ शो, बाँनेश्वरको आइएनआईमा ७ शो र बुटवलमा रहेको आई एन आईमा ५ शो उपलब्ध गराइएको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *