कमेडीले भरिएको ‘बद्री बहादुर’को ट्रेलर

८ चैत २०८० १०:४८

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा दुईअर्थी शब्दहरुले भरिएको छ। ट्रेलरमा भारतका चर्चित कमेडियन कपिल शर्माले दिएको शुभकामनालाई पनि स्थान दिइएको छ।

विनोद सापकोटाको छायांकन रहेको यो चलचित्रको प्रस्तुतकर्ता विजय गोपाल दली तथा निर्माता मिथुन भोटे हुन् । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन र समिर मियाँ सम्पादन रहेको छ ।

कमेडी जनरामा निर्माण गरिएको यो चलचित्रमा सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्मातामा छन्। काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभामा खिचिएको यो चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

एबी पिक्चर्स फार्म र सलोन-सलिना फिल्म्सको संयुक्त निर्माण रहेको चलचित्रमा जय किसन बस्नेत, शोभित बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई लगायतको अभिनय छ । यो चलचित्रको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माको केमियो भूमिका छ । यो चलचित्र यही चैत २३ गतेबाट प्रदर्शन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *