‘मनसरा’को रमाइलो टिजर

८ चैत २०८० १०:२१

वैशाख २१ गतेबाट रिलिज हुने चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्रहरु फिचर्ड छन्।

चलचित्रलाई ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको लगानी, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रकै छायांकन र उपेन्द्र सुब्बाको लेखन छ । यो चलचित्रमा सिजन दाहाल कार्यकारी निर्माताको रुपमा छन् ।

ग्रामीण भेगको कथामा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्र ‘डिग्री माइला’ रिलिज भएको तीन सातापछि रिलिज हुनेछ । यसरी हेर्दा, वैशाख महिना रामबाबु र उपेन्द्रकै वरिपरी घुम्ने देखिएको छ ।

कबड्डी फिल्मस्को ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडा लगायत अन्य कलाकारहरुको पनि भूमिकामा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *