‘कार्साङ’मा जोडीए जितु नेपाल ‘मुन्द्रे’

८ चैत २०८० ९:३९

हास्य कलाकार जितु नेपाल चलचित्र कार्साङ’मा जोडीएका छन्। उनले केही दिनअघि दयाहाङ राई स्टारर चलचित्र ‘कार्साङ’मा साइन गरेका हुन्। अहिले उनको हातमा दुई चलचित्र छन्। उनको दोश्रो चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्नेछन्।

त्यस्तै, यो चलचित्रमा जोडीएका जितुको भूमिका बारे केही खुलाइएको छैन तर उनी औपचारिक रुपमै यो चलचित्रमा जोडिएका छन् । यो चलचित्रमा यसअघि दयाहाङसहित बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, दीया मास्के, छिरिङ शेर्पा तय भइसकेका छन् ।

कार्साङ चलचित्रको कुरा गर्नुपर्दा यो चलचित्रलाई निर्देशक याम शेर्पाले निर्देशन गर्नेछन् । शेर्पा समुदायको कथावस्तुमा आधारित रहेर निर्माण गरिने यो चलचित्रको छायांकन चैत्रको १५ गतेदेखी सिन्धुपाल्चोक बाट थालिने निर्माणपक्षले बताएको छ।

जितुको कामको कुरा गर्नुपर्दा, उनको गत साता टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेसङै यो चलचित्रमा जोडीएका हुन्। उनले टेलिभिजन कार्यक्र बन्द गर्नुको कारण केही बताएका छैन्। उनको पछिल्लो चलचित्र ‘ह्यारीकी प्यारी’ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *