वर्षा र अमरको ‘मोदीबेनी’को छायांकन ३१ दिनमा इन्ड्क्ल्याप

८ चैत २०८० ९:१५

नायिका वर्षा सिवाकोटी र नवनायक अमर प्रताप श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मोदीबेनी’को छायांकन सकिएको छ। बुधबार पर्वत जिल्लाको फलेवासमा चलचित्रको अन्तिम दृश्यको छायांकन सकेर यसको सम्पूर्ण टिम काठमाडौं फर्किएको हो । सुटिङ सुरु गरेको ३१ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले बताएको छ ।

दुई चरणमा छायांकन गरिएको यो चलचित्रको छायांकन काभ्रेको भकुेन्ड र पर्वतको मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । यो चलचित्रमा ४० बर्ष अगाडिको र अहिलेको कथालाई मिश्रण गरिएको छ । चलचित्रले पर्वत जिल्लाको मोदिवेनी क्षेत्रको कथा भन्छ ।

डिनेस्ट इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा आनन्द विक्रम क्षेत्रीको लेखन, दिलिप केसीको निर्माण, हरि श्रेष्ठको सह–निर्माण, उत्सव दाहालको डीओपी छ । यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।

चलचित्रमा अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रविण खतिवडा, सरोज खनाल, दिलिप केसी, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, वर्षा सिवाकोटी, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ । यही चलचित्रबाट नायिकाको रुपमा स्नेहा भट्टराइले डेब्यू गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *