‘महाजात्रा’को आक्रमक बुकिङ – देशभरका हलमा उच्च शोज

८ चैत २०८० ४:५७

यस वर्षकै बहुप्रतिक्षित चलचित्र ‘महाजात्र’को देशभर अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । अग्रिम टिकाट बुकिङ खुल्ला गरिएसङै यो चलचित्रको बुकिङ आक्रमक भइरहेको हो।

चैत्रको ९ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको यो चलचित्रको ७ गते बुधवारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। त्यस्तै यो चलचित्रलाई देशभरका हलले उच्च शोज दिएका छन् । जसकाकारण शुक्रबार र शनिबार यो चलचित्रको आक्रमक हुने देखिएको छ।

देशभरका मल्टिप्लेक्सले २३४ शोज उपलब्ध गराएका छन् भने सिंगल हलहरुको समेत शोज हेर्दा यो चलचित्रले साढे २ सय भन्दा माथिको शोज पाएको देखिन्छ । विशेषगरि, यो चलचित्रलाई क्यूएफएक्स चेनले देशभर ६७ शोज उपलब्ध गराएको छ ।

यस्तै, वान सिनेमाजको नयाँ बाँनेश्वरको हलमा ९ शो, कालिमाटीको हलमा ७ शो, बिग मुभिजले ५ शोज, क्यूज सिनेमाजले ९ शो, बिएसआरले ६ शो, सिने डी सेफले ६ शो, एफक्यूबले ७ शो, विश्वज्योती सिनेमाजले ८ शो, रञ्जना सिनेप्लेक्सले ९ शो, सिने सिनेमाजले ७ शो, इन्फिनिटी मुभिजले ५ शो, आइएनआई अन्तर्गतको लोत्से मलमा ५ शो, बाँनेश्वरको आइएनआईमा ७ शो र बुटवलमा रहेको आई एन आईमा ५ शो उपलब्ध गराइएको छ ।

पुर्वदेखि पश्चिमसम्म देशदौडाह गरेर प्रचार गरेको यो चलचित्रको मंगलबार काठमाडौंमा प्रिमियर आयोजना गरिएको थियो । प्रिमियर भव्य रुपमा सम्पन्न भएसंगै चलचित्रको हाइप अझै बढेको हो । चलचित्र जात्रा, जात्रैजात्रा, महापुरुष लगायत चलचित्र निर्देशन गरेर दर्शकलाई सन्तुष्ट बनाइसकेका प्रदिपले यो चलचित्रलाई अझै भव्य र राम्रो बनाएको प्रिमियरमा उपस्थितिले प्रतिक्रिया दिईका थिए ।

निर्देशक भट्टराईले देशभर प्राप्त शो आफूहरूप्रति विश्वास रहेको बताए । साथै, उनले हलसम्म पुग्ने दर्शकको पैसा र समय खेर नजाने पनि विश्वास दिलाएका छन् ।
यो चलचित्र नेपाल लगायत ४० देशमा एकसाथ प्रदर्शन हुँदैछ। चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *