‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी सम्मानित

७ चैत २०८० १६:२०

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले ‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । विर्तामोडमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानले महजोडीलाई नगद रु एक लाख ११ हजार एक सय ११ सहित सम्मान गरेको हो । यो जोडीलाई भारतीय नाट्यकर्मी सिके श्रेष्ठले सम्मान गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व हरिबंश आचार्यले राजनीतिलाई नजिकबाट चिने पनि आफूहरु प्रशिक्षित नभई गीतसङ्गीतका माध्यमबाटै मुलुकमा आमूल परिवर्तनका लागि लागिरहेको बताए ।

“हामी राजनीति र राजनीति गर्ने व्यक्तिलाई नजिकबाट चिन्छौँ । तर हामी राजनीतिबाट प्रशिक्षित हुँदैनौँ”, उनले भने, “कलासंस्कृति, गीत र सङ्गीतबाट पनि मुलुक परिवर्तन ल्याउन ठूलो योगदान पु¥याएका छौँ ।”नाट्यकर्मी श्रेष्ठल भाषा, कला, साहित्यलाई देशको सिमाले छेक्न नसक्ने बताउनुभयो । उहाँले नेपाल र नेपालीले प्रगति गर्दा अरु देशमा रहेका आम नेपाली भाषीले गौरव गर्ने गरेको बताए । अध्यक्ष बस्नेतले आफ्ना पिता टुङ्गबहादुर बस्नेतको इच्छाअनुसार आमा पूर्ण कुमारीको स्मृतिमासमेत स्थापना गरेको पूर्ण टुङ्ग अक्षयकोषमार्फत महजोडीलाई सम्मान गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *