आँचल शर्माको सेक्सी अवतार

७ चैत २०८० ११:२५

आँचल शर्मा अहिलेको व्यस्त नायिका मध्य पर्छिन्। उनको बढ्दो व्यस्तता सँगै उनी बेलाबेला चर्चामा पनि आउने गर्छिन्। उनको चर्चा चलचित्रको कारण मात्र नभएर उनले पहिरिने ड्रेसअपका कारण पनि हुने गरेको छ।

उनले भर्खरै इन्स्टाग्राममा दुई तस्बिर पोस्ट गरेकी छिन्। उक्त तस्बिरमा नायिका शर्मालाई निकै बोल्ड देखिएको छ। पछिल्लो समय उनी इभेन्टमा प्रस्तुत हुने शैली र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तस्बिरहरूले उनको पहिरनको यथार्थलाई दर्शाउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा गएर खुम्चिन्छ ।तर, आँचल झन्‌-झन्‌ बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् ।

कामको कुरा गर्नुपर्दा आँचलको हातमा चलचित्रको लाइनअप लामो छ । उनले अभिनय गरेको चलचित्र ‘डिग्री माइला’ चैत्रको ३० गतेबाट रिलिजमा आउँदैछ । यसपछि, उनले ‘एक मुठ्ठी बादल, पिताम्बर, दुखी आत्मा, वर एण्ड बधु’ लगायतका चलचित्रको पनि काम गर्नुपर्नेछ । एकातिर चलचित्रमा व्यस्तता बढेको छ भने अर्कोतिर आँचलले आफूलाई समय अनुसार परिवर्तन पनि गर्दै लगेकी छिन् । आँचलको यो तस्विरले तपाइको होस उड्यो कि उडेन त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *